जुडोमा देविकाले दिलाइन् नेपाललाई स्वर्ण

जुडोमा देविकाले दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंका र दोस्रोमा भारतीय खेलाडीलाई हराउदै स्वर्ण जितेकी थिइन् ।