काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप ४६३ जना संक्रमितमध्ये ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नयाँ संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित भएका छन् ।
त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा एक हाजर ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनका अनुसार रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट ४६ पुरुष, कोभिड-१९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष, संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
त्यसैगरि, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष, महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन् ।
देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २५५ र २ हजार ७ सय ५८जना पुरुष रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।