७५ जना प्रहरीमा कोरोना संक्रमण, कुन जिल्लाका कति ?

७५ जना प्रहरीमा कोरोना संक्रमण, कुन जिल्लाका कति ?

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि अग्रपंतिमा खटिइरहेका ७५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण देखिएको छ । मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । 

संक्रमितमध्ये ४१ जना भने डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएसँगै आवस्यक सतर्कता अपनाउन र स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।  

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् ।