१३औं साग : पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रबेश

१३औं साग : पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रबेश

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६(६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरेका छन् ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसंग ६७(६१ ले पराजित भएको थियो । समूह ए बाट बंगलादेश समूह विजेता र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले अब सेमिफाइनलमा सोमबार भारतसंग खेल्नेछ । भारत समूह बी को विजेता हो ।