१३ औं साग : भारोत्तोलनमा नेपाललाई थप १ रजत र १ कास्य

१३ औं साग : भारोत्तोलनमा नेपाललाई थप १ रजत र १ कास्य

पोखरा :१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तर्फ नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ औ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ ।

आइतबार सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जितेका हुन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका थिए । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए ।