प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी विजयी

प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ ।

गएराति भएको खेलमा चेल्सीले साविक विजेता म्यानचेस्टर सिटीलाई २–१ गेल अन्तरले पराजित गरेको हो ।

सिटीको पराजयसँगै लिग लिडर लिभरपुलले उपाधि आफ्नो पोल्टामा पारेको छ ।

चेल्सीको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएपछि सिटी पराजित हुन बाध्य भयो ।

चेल्सीका लागि क्रिस्टियन पुलिसिचले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीले ५५ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

सिटीका लागि केभिन डी ब्रुइनले गोल गर्दै खेलमा फर्काएका थिए । ७७ औं मिनेटमा सिटीका फर्नान्डो रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित भएको थियो ।