साग: पुरुष फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

साग: पुरुष फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाण्डौ : १३ औ दक्षिण एशियाली खेलकूद सागको फुटबल अन्तरगत नेपाली पुरुष फुटबल टोली बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् ।

यसअघि भएको खेलमा श्रीलङ्कासँग १–१ गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ । सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ ।

दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पारेको हो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ । रासस