साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण

साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण

साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण,

धनुषा – दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् ।

कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरेकी थिईन ।

त्यस्तै शनिबार नै भएको महिलातर्फको ५७ केजी तौल समूहमा नेपालकी अम्बिका भण्डारीले रजत हात पारिन् । उनी फाइनलमा भारतीय खेलाडीसँग पराजित भएकी थिईन। योसँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।