संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्बसम्मत पारित

संविधान संशोधन  विधेयक राष्ट्रियसभाबाट पनि सर्बसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले संविधान संशोधन (दोश्रो) विधेयक सर्बसम्मत पास गरेको छ । यससँगै अतिक्रमित लिम्पियाधुरा सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि पारित भएको छ । 

बिहिबार बसेको  राष्ट्रियसभा बैठकमा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकोले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे ।  यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो ।  अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।

विधेयक पारित हुनुअघि कानूनमन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दोश्रो संशोधन पास गर्न प्रस्ताव पेश गरेकी थिइन् । उनले सो विधेयकमाथि बोल्दै आएको दिन ऐतिहासिक भएकोले दिपावली गर्न आग्रह गरेकी थिइन् ।