प्रिमियर लिग : आज म्यानचेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्दै

प्रिमियर लिग : आज म्यानचेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्दै

एजेन्सी : प्रिमियर लिग अन्तरगत आज बाट १६ औं चरणका खेलहरु सुरु हुदै छन् । जस अन्तरगत आज म्यानचेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्दै छन् । तेस्रो स्थानमा रहेको सिटीले छठौं स्थानको युनाइटेडको सामना गर्दै छ ।

खेल आज राति ११:१५ बजेबाट सुरु हुनेछ । खेल म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिदै छ । सिटी र युनाइटेड दुबैलाई खेल जितनै पर्ने दबाब छ । सिटीले खेल हारेको अवस्थामा लिभरपूल संगको दुरी १४ अंकमा पुगनेछ र युनाइटेड हारेमा उसको टप चार संगको दुरी ११ अंकमा पुगने छ । यस कारण दुबै टोलिलाई जितकै आवशेकता छ ।