कहाँ छन् काठमाडौं उपत्यकाका ४४ संक्रमित ?

कहाँ छन् काठमाडौं उपत्यकाका ४४ संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । सोमबार ५ जना थपिएका थिए भने आज १ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४४ पुगेको हो । उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् । काठमाडौंमा ३४ जना संक्रमित हुँदा २४ जना निको भइसकेका छन् ।

भक्तपुरमा ५ जना संक्रमित हुँदा तीमध्ये एकजना निको भएका छन् । ललितपुरमा ४ जनामा कोरोना संक्रमित भेटिदा एकजना निको तथा एकजनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।