आज भेटिए ३८० संक्रमित, नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो

आज भेटिए ३८० संक्रमित, नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडाैं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । हिजो ४५१ जनामा संक्रमण देखिएकोमा आज (मंगलबार) ३८० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको जानकारी अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।   

संक्रमितमध्ये पुरुष ६ हजार ९२ जना रहेका छन् भने महिला  ४ सय ९९ रहेका छन् । डिस्चार्ज हुनेको संख्या भने १ हजार १५८ पुगेको छ ।  संक्रमितमध्ये १९ जनाको निधन भैसकेको छ ।