संविधान संशोधनमा भाग नलिने सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण

संविधान संशोधनमा भाग नलिने सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित सांसदरूलाई स्पष्टीकरण सोधेको छ । जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान भएर सर्वसम्मत पारित भएको थियो । सत्तारूढ दल, नेकपाकै चारजना सांसद अनुपस्थित भएर मतदान प्रक्रियामा सहभागी भएनन् ।

गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल, शिवकुमार मण्डल संसद्‍मा त्यसदिन उपस्थित थिएनन् ।

उनीहरूलाई पाँच दिनभित्र अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण माग गरिएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । संसदीय दलले पठाएको पत्रमा दलको ह्विप अटेर गरेको आरोप लगाइएको छ ।