हेर्नुस्, २०७७ साल असार २ गते मंगलवारको राशिफलमा तपाईँकाे भाग्य

हेर्नुस्, २०७७ साल असार २ गते मंगलवारको राशिफलमा तपाईँकाे भाग्य

वि.सं. २०७७ असार -२, मंगलवार, ई.सं.२०२० जून-१६, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-दशमी , ०५:३७ बजे उप्रान्त एकादशी,नक्षत्र-अश्विनी , ३०:२५ बजे उप्रान्त भरणी,योग-शोभन , १४:४१ बजे उप्रान्त अतिगण्ड,करण-भद्रा ०५:३७ बजेदेखि वव , १८:३६ बजे उप्रान्त तैतिल,चन्द्रराशि-मेष,आनन्दादि योग-अमृत, सूर्योदय-५:१०, सूर्यास्त-१९:००,दिनमान-३४ घडी ३५ पला,सर्वार्थसिद्धि योग ५:३७ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – खानपानमा विचार गर्नु होला,व्यापारमा सफल भइनेछ ,लेनदेन आदिमा सफल भइनेछ,संकल्प गरेको काम सफल हुनेछ,समयले साथ दिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आफन्त बाट सहयोग हुनेछ,आफ्नै विवेकले काम गर्नु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, शत्रुहरु परास्त हुनेछन, आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –भेटघाटमा बेस्ताता भइनेछ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,धार्मिक कार्य मान जानेछ, आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –मुद्दा मामिला परिनेछ,बोलीमा बिचार गर्नु होला,सामान्य चोट पटक लाग्ने योग छ ,विविध काममा अवरोध आउनेछ, यात्रा गर्दा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –बन्द रहेको व्यपार सुचारु हुनेछ,उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ,दैनिकी कार्य सहज हुनेछ,परिवारमा रमाइलो गरि दिन बित्नेछ, आजको शुभ अंक ११ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– परिवारमा मनमुटाव हुनेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,दिन भरि दोधारमा बित्नेछ,आर्धिक लेनदेनमा विवाद हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – रोजगारीमा राम्रो अवसर मिल्नेछ, बोल्दा बिचार पुराउनु होला,समय ले साथ दिनेछ,आर्थिक क्षेत्रमा सफलतामा मिल्नेछ, मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ९ रहेको छ ।


बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– घरायसी खर्च बढ्नेछ, साथी भाई सगं विवाद हुन् सक्छ,गोपनीयतामा ख्याल गर्नु होला,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,शिक्षा क्षेत्रमा सफल हुनेछ,पेट सम्बन्धि समस्या हुनेछ,महत्व पूर्ण काममा सफल भइनेछ,आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – झुटा आरोप लाग्न सक्छ,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,माता पिताको आशिर्वाद नै आजको दिन सफलताको मार्ग बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,भौतिक रुपमा सफल भइनेछ, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सहयात्रीले साथ छोड्ने छन्,विवादमा परिने छ,बोलीमा विचार पुराउनु होला,सवारी साधन किन बेचमा सफलता मिल्नेछ,मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ८ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् । दिब्य ज्योतिष बाट