आज भेटिए ४५१ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ६२ सय नाघ्यो

आज भेटिए ४५१ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ६२ सय नाघ्यो

काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । संक्रमितमध्ये १९ जनाको निधन भैसकेको छ ।