१३ औं साग : महिला म्याराथनमा नेपाललाई पुष्पाले दिलाइन रजत

१३ औं साग : महिला म्याराथनमा नेपाललाई पुष्पाले दिलाइन रजत

काठमाडौं :१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपाल दोस्रो भएको छ ।

श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भएकी छन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गर्दै रजत जितेकी हुन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।

त्यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए ।