काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो ।
अन्तिम समयमा बैठक स्थगित भएको हो । यसअघि पनि पटक पटक नेकपाको सचिवालय बैठक स्थगित भएको थियो । आजको बैठक स्थगित गर्नुपर्ने कारण केही खुलाइएको छैन ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली एमसीसी पारित गर्नपर्छ भन्ने लाइनमा छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेताद्धय झलनाथ खनाल र माधव नेपाल लगायतका नेताहरु परिमार्जन नगरी पारित गर्न नहुने लाइनमा थिए ।