संविधान संशोधनमा मतदान गर्न आएनन् १२ सांसद, सत्तारुढ दलकै चार जना अनुपस्थित

संविधान संशोधनमा मतदान गर्न आएनन् १२ सांसद, सत्तारुढ दलकै चार जना अनुपस्थित

काठमाडौं । संविधान संशोधन विधेयकमा १२ जना सांसद् अनुपस्थित भएका छन् । शनिबार भएको मतदानमा सांसदहरु अमृतादेवी अग्रहरि, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेका छन् ।

जसमा सत्तारुढ दल नेकपाका नै चार सांसद छन् ।  

कूल २७५ सदस्यीय संसदमा चार सदस्यको मताधिकार छैन । सांसद्हरु विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । 

सभामुखलाई निर्णायक अवस्थामा बाहेक अन्यमा मताधिकार हुँदैन ।