आज थपिए २७३ संक्रमित, कुल संक्रमित ५३३५ पुगे

आज थपिए २७३ संक्रमित, कुल संक्रमित ५३३५ पुगे

काठमाडाैं । पछिल्लो २४ घण्टामा २७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका बिभिन्न प्रयोगशालामा भएका परीक्षणमा २७३ संक्रमित थपिएका हुन् । जसमध्ये पुरुष २४७ छन् भने ३६ जना महिला रहेका छन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार  ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।