वीरगन्ज घण्टाघर नजिकै मृत भेटिएका व्यक्तिमा पनि काेराेना संक्रमण पुष्टि

वीरगन्ज घण्टाघर नजिकै मृत भेटिएका व्यक्तिमा पनि काेराेना संक्रमण पुष्टि

पर्सा । पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे अवस्थामा मृत भेटिएका पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । 

गत जेठ २८ गते मृत भेटिएका ती व्यक्तिकाे पीसीआर परिक्षण गर्दा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । 

यसबाहेक, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २  र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।