थपिए ४४८ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

थपिए ४४८ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३५३ जना महिला रहेका छन् । 

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । कोरोनाको कारण १६ जनाको ज्यान गएको छ ।