काठमाडौं। नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार विहान थपिएका सबै गण्डकी प्रदेशका हुन् ।
स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार शनिवार बिहान ३७ जना संक्रमित थपिएसँगै गण्डकीमा संक्रमितकाे संख्या १८८ पुगेकाे छ ।
निर्देशनालयका अनुसार स्याङ्जामा २२, पर्वतमा १३, तनहुँमा ३ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो।