१३ औं सागमा सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

१३ औं सागमा सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत गल्फमा सुवास तामाङले मा दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् ।

सागमा गल्फमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कूल १५ अन्ड २७८ स्कोर बनाएका थिए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारेका थिए ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् । महिला टिमतर्फ पनि नेपालले कास्य जित्ने सम्भावना रहेको छ ।