पछिल्लो २४ घण्टामा बढे २५० संक्रमित, संक्रमितको संख्या ४६१४ पुग्यो

पछिल्लो २४ घण्टामा बढे २५० संक्रमित, संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २५० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न स्वस्थ्य केन्द्रमा भएको परीक्षणमा २५० संक्रमित थपिएका हुन् । यससँगै नेपाल कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । 

संक्रमितमध्ये ४ हजार २ सय ८५ जना पुरुष रहेका छन् भने ३२९ जना महिला रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ । संक्रमितमध्ये १५ जनाको यसअघि नै निधन भैसकेको छ ।