आज कुवेतबाट १५० नेपाली महिला यात्रु राजधानी आइपुगे

आज कुवेतबाट १५० नेपाली महिला यात्रु राजधानी आइपुगे

काठमाडौं । कुवेतबाट पहिलो फ्लाइटमा आज जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो । भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित विभिन्न होल्डिङ सेन्टरमा लगिँदैछन् । जहाँ उनीहरूको व्यक्तिगत विवरण सङ्कलन गरेपछि उनीहरूको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।

त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । जसमार्फत पनि १४९ जना महिला कुवेतबाट स्वदेश फर्कँदैछन् । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कने तय भएको हो ।

बुधबार उनीहरू आउने भनिए पनि कुवेत र नेपालको समय तालिका नमिलेकाले रद्द भएको थियो ।