७२ जिल्लामा फैलियो कोरोना, आज कुन जिल्लामा कति संक्रमित थपिए ?

७२ जिल्लामा फैलियो कोरोना, आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । बुधबार नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।  प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ । यस्तै, कोशी अस्तपालको प्रयोगशालामा झापाका ४ र उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

चितवन भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ जनामा संक्रमण पुष्टि भएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी (पश्चिम)का ५, पाल्पाका १२, प्युठानका ५, रुपन्देहीका ७ जनामा यसको संक्रमण पुष्टि भएको छ। यस्तै गरी बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ३ र बर्दियका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  सप्तरीका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसैगरी, सुर्खेतको प्रयोगशालामा दैलेखका २५, जाजरकोटका २, सुर्खेतका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ। यसैगरी, सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २ जना र डडेल्धुराका १ जनाको समेत कोरोना पोजेटिभ रिपोर्ट निस्किएको छ।