कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, अहेव घाइते

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, अहेव घाइते

काठमाडौं । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य जाँच गर्दै आएका स्वास्थ्यकर्मीमाथि फेरी आक्रमण भएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा न.१ को छतारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अहेव राम बहादुर नेपालीमाथि बाटोमा ढुंगा प्रहार भएको हो । उक्त आक्रमण परी नेपाली भाइते भएका छन् । समुदायमा कोरोना सर्ने भन्दै उनीमाथि आक्रमण भएको थियो ।

अहेव नेपाली नवज्योति वि छतारामा रहेको क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य जाँच गर्न जादै गर्दा मंगलबार बाटोमा हिडीरहेको अबस्थामा त्रिवेणी नगरपालिका वडा न.१ छताराका ४५ बर्षका भिम बहादुर मिझारले ढुंगा प्रहार गरि घाइते बनाएका थिए ।

बाजुराका स्वास्थ्यकर्मीहरुले दोषिलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीलाई न्यायको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।