नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता धेरै छः प्रधानमन्त्री

नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता धेरै छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता धेरै रहेको बताएका छन् । संसदमा बोल्दै उनले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको बताउँदै सरकारले उपचारको व्यवस्था पनि राम्रो गरेको दाबी गरेका छन् ।  नेपालमा कोरोनाले मात्रै मृत्यु नभएको उनले बताए । अन्य  विभिन्‍न कारणले पनि १५ जनाको मृत्यु भएको उनले बताए । 

विदेशमा १२७ जना नेपालीको मृत्यु भएको उनले बताए ।  नयाँ प्रविधि ल्याउने प्रयास सरकारले गरिरहेको उनले बताए। त्यसका लागि आधुनिक मेसिनसहितका सामान अर्डर गरिरहेको उनले जानकारी गराए । परिवर्तन ल्याउने गरी सरकार काममा केन्द्रित भएको उनको भनाई छ ।  

वैशाखको पहिलो हप्तादेखि भारतबाट प्रवेश गर्नेको संख्या ह्‍वात्तै बढेको उनले बताए । बैशाखभित्र यसरी भित्रिनेको संख्या दोब्बर भएको उनको भनाई छ । ८५ प्रतिशत भन्दा बढी भारतबाट आएकाहरु संक्रमित रहेको प्रधानमन्त्री ओलीले बताए ।  उनले अझै पनि संक्रमित हुनेहरु भारतबाट आउने नै हुने उल्लेख गरे । भारतबाट रेलमा खाँदिएर आउँदा कोरोना संक्रमण धेरै भएको हुनसक्ने उनको भनाई छ ।