७२ जिल्लामा फैलियो कोरोना संक्रमण, यी हुन् सुरक्षित ५ जिल्ला

७२ जिल्लामा फैलियो कोरोना संक्रमण, यी हुन् सुरक्षित ५ जिल्ला

काठमाडौं । नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

५ जिल्ला भने कोरोनाबाट सुरक्षित देखिएका छन् । कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र ओखलढुंगा रहेका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ५८४ पुगेको छ ।