थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार नाघ्यो

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार नाघ्यो

काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान ७:५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।