प्रहरीले जवर्जस्ती पसल बन्द गराउन खोजेपछि न्यूरोडमा झडप

प्रहरीले जवर्जस्ती पसल बन्द गराउन खोजेपछि न्यूरोडमा झडप

काठमाडौं । प्रहरीले जवर्जस्ती पसल बन्द गराउन खोजेपछि आज विहान काठमाडौंको न्यूरोड क्षेत्रमा तनाव भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आब्हानमा केही दिनदेखि खुलिरहेका पसल आज विहान प्रहरीले जवर्जस्ती बन्द गराउने प्रयास गरेको हो ।

प्रहरीले जवर्जस्ती बन्द गराउन खोज्ने र ब्यापारीले खोल्ने अडान राखेपछि न्यूरोडमा केही समय प्रहरी र व्यापारीहरुबीच भनाभन समेत भएको छ । भनाभन बढ्दै जाँदा झडपसमेत भएको थियो

प्रहरीले न्युरोड गेट, रन्जना गल्ली आसपासमा विहान खुलेका पसलहरु बन्द गराएको हो । ब्यापारीहरुले भने लामो समयको लकडाउनले गुजारा चलाउन र भाडा तिर्न समेत समस्या भएको भन्दै पसल खोल्नुको विकल्प नभएको बताउँदै आएका छन् ।

प्रहरीले भने लकडाउन उलग्घन गर्दै पसल सञ्चालन गरिएकाले प्रशासनको आदेशमा बन्द गराइएको जनाएको छ ।