२४ घण्टामा थपिए ३१४ कोरोना संक्रमित, संक्रमितको संख्या ३७६२ पुग्यो

२४ घण्टामा थपिए ३१४ कोरोना संक्रमित, संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं । नेपालमा सोमबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४  जना संक्रमित थपिएका हुन्।  नयाँ संक्रमितमध्ये २ सय ९४ जना पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ। तीमध्ये ३ हजार ५ सय ६ जना पुरुष रहेका छन् भने २ सय ५६ जना महिला रहेका छन् । संक्रमितमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।