कोरोना अपडेट: विश्वमा ४ लाख ६ हजारभन्दा बढीको मृत्यु, कुन देशमा कतिको मृत्यु ?

कोरोना अपडेट: विश्वमा ४ लाख ६ हजारभन्दा बढीको मृत्यु, कुन देशमा कतिको मृत्यु ?

काठमाढौं । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार ३५३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७१ लाख ३ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिइएको छ । 

सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३४ लाख ६६ हजार जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख २४ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ७ हजार ४४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १२ हजार ४६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ४६ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख ८२ हजार ६६३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ९४ हजार ३२४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७८ हजार ९४३ को मृत्यु भएको छ । एसियामा १३ लाख ६७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार १०६ जनाको मृत्यु भएको छ ।
  
अफ्रिकामा १ लाख ९२ हजार ११८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार २१५ जनाको मृत्यु भएको छ ।ओसियानामा ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । 
कुन देशमा कतिको मृत्यु ?