७१ जिल्लामा फैलिएको कोरोनाबाट यी ६ जिल्ला छन् अझै सुरक्षित

७१ जिल्लामा फैलिएको कोरोनाबाट यी ६ जिल्ला छन् अझै सुरक्षित

काठमाडौं । नेपालमा कोरोना भाइरस आक्रमक रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । संक्रमितमध्ये ४६७ जना भने उपचारपछि निको भएका छन् भने १४ जनाको निधन भैसकेको छ । 

नेपालमा ७१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । ६ जिल्ला भने अझै सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोट तथा आइतबार रोल्पामा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ६ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्लामात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।

कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम, इलाम र ओखलढुंगा रहेका छन् ।