५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण

५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण

काठमाण्डाै : अहिले चलिरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । उनले निधारित दौड १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यो नेपालको लागी ३७ औ स्वर्ण पदक हो ।

उनले निधारित दौड १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यो नेपालको लागी ३७ औ स्वर्ण पदक हो । गोपीचन्द्रले स्वर्ण जितने क्रममा भारतीय खेलाडी सुनील दावारलाई पछि पारेका थिए । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते । नेपालकै हरि रिमालले १४ मिनेट ५७।०५ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक हात पारे ।