तपाईकाे आजकाे दिन कसरी बित्छ, के गर्दा राम्राे हुन्छ, के गर्दा नराम्राे ? (हेर्नुस् राशिफल)

तपाईकाे आजकाे दिन कसरी बित्छ, के गर्दा राम्राे हुन्छ, के गर्दा नराम्राे ? (हेर्नुस् राशिफल)

मेष राशि:

बौद्धिक कार्यमा मन जानेछ । आर्थिक पक्ष सबल रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः

शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । विद्याको क्षेत्र मध्यम रहने देखिन्छ ।

मिथुन राशिः

पराक्रम बढ्नेछ । कार्य व्यवसायमा वृद्धि हुनुका साथै आकस्मिक लाभका योग देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् ।

कर्कट राशिः

सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा सफलता मिल्नुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।

सिंह राशिः

व्यवसायिक सफलता मिल्नेछ, आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । सवास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः

कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको सामना गर्नुपर्ने योग रहेको छ ।

तुला राशि:

पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

वृश्चिक राशि:

प्राज्ञिक कार्यमा संलग्नता रहनेछ । धार्मिक क्षेत्रमा रुचि जाग्नुकासाथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतक वस्तु लाभदायी रहनेछ ।

धनु राशिः

सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसाय पनि सफल रहने देखिन्छ ।

मकर राशिः

शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

कुम्भ राशिः

आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहनेछ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।

मीन राशिः

भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धि हुनुका साथै मानसिक तुष्टि मिल्नेछ । आज पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।