भुपेनले तेक्वान्दोमा भारतलाई पराजित गर्दै जिते स्वर्ण

काठमाडौं : अहिले चलिरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो तर्फको खेलमा भुपेन श्रेष्ठले नेपालका लागी स्वर्ण पदक जितेका छन् ।

आज भएको तेक्वान्दोको ८७ केजीमुनिको खेलमा प्रतिस्पर्धा गरेदै भुपेन श्रेष्ठले बिहीबार भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर नेपालका लागी अर्को स्वर्ण पदक थप गरेका छने। निकै प्रतिस्पर्धात्मक भएको खेलमा अन्तत जित भने नेपालकै भयो ।