एकैदिन १०२ जना डिस्चार्ज, संक्रमित ३४४८ पुगे

एकैदिन १०२ जना डिस्चार्ज, संक्रमित ३४४८ पुगे

काठमाडौं । एकैदिन १०२ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्  । पछिल्लो २४ घण्टामा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना,  कैलाली अस्पतालबाट ३४ ,सशस्त्र प्रहरी अस्पतालबाट १,  बुटवलबाट २७, कोरोना विशेष अस्पताल दाङबाट १०, गौरको नर्सिङ इन्स्टिच्युटबाट १२ जना डिस्चार्ज भएका छन् । 

हालसम्म डिस्चार्ज हुनेमा ३९९ पुरुष र महिला ६८ जना रहेका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । 

हालसम्म प्रदेश नम्वर १ मा ९१, प्रदेश नम्वर २ मा १८६, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश नम्वर ५ मा १३३,कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिममा १३ जना  गरि ४६७ जना डिस्चार्ज भई घर गएका छन् ।

पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको जानकारी दिए । १३ जनाको यसअघि नै मृत्यु भैसकेको छ ।