आज थपिए २१३ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

आज थपिए २१३ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको जानकारी दिए ।

नयाँ  संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।