फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा भने प्रवक्ता देवकोटा नै उपस्थित हुनेछन् ।