कर्णालीमा आज ५४ संक्रमित थपिए, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णालीमा आज ५४ संक्रमित थपिए, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णाली । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५४ जना संक्रमित भेटिएका हुन् । कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ६४१ पुगेको छ । कर्णालीमा कोरोनाका कारणले ३ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा ५१ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमा सल्यानका २८ जना,  सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।