सांसदहरु गाली गलौजमा उत्रिएपछि सभामुखले दिए यस्तो निर्देशन

सांसदहरु गाली गलौजमा उत्रिएपछि सभामुखले दिए यस्तो निर्देशन

काठमाडौं । सांसदहरुले एक–अर्काप्रति व्यक्तिगत रुपमा गाली गलौजमा उत्रिएपछि सभामुख अग्नि सापेकाटले सदनको मर्यादा ख्याल गर्न निर्देशन दिएका छन् । रुलिङ गर्दै सभामुख सापकोटाले अश्लील आपत्तिजनक र अपमानजनक शब्दको प्रयोग नगर्न पनि निर्देशन दिएका छन् । 

सदनमा यसअघि व्यक्त धारणबारे पनि विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने सापकोटाले बताए । 

नेकपा सांसद गंगा चौधरीले दिएको अभिव्यक्तिलाई लिएर केही दिनयता समाजवादी र रापजाका सांसदहरुले व्यक्तिगत रुपमा आरोप–प्रत्यारोप गरिरहेका छन् । 

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम २१ बारे सचेत गराउँदै सांसदलाई रुलिङ गरेका हुन् । उक्त नियममा सदस्यहरुले बोल्दा अपमानजनक, आपत्तिजनक र अश्लील शब्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । यस्तै, कुनै जात, धर्म, लिङ्गलाई होच्याउन नहुने पनि उल्लेख छ ।