नेपालमा ७० जिल्लामा फैलियो कोरोना, यी हुन् सुरक्षित ७ जिल्ला

नेपालमा ७० जिल्लामा फैलियो कोरोना, यी हुन् सुरक्षित ७ जिल्ला

काठमाडाैं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण आक्रमक रुपमा फैलिरहेको छ । शनिबार मात्र ३ सय ३४ जना नयाँ संक्रमित फेला परेका थिए । आज विहानै गण्डकी प्रदेशका ३७ जनामा कोरोना पुष्टि भएको छ भने अन्य प्रदेशमा पनि संक्रमण बढिरहेको छ । 

नेपालमा ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।  ७ जिल्ला भने अझै सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्लामात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।

कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रोल्पा, रुकुम पश्चिम, इलाम र ओखलढुंगा रहेका छन् ।

नेपालमा ३ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने १३ जनाको निधन भैसकेको छ । ३६५ जना भने उपचारपछि निको भएका छन् ।