आज थपिए ३२३ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो

आज थपिए ३२३ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । देशका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा भएको परिक्षणमा ३२३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । 

आज संक्रमण पुष्टि भएका ३२३ मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । उपचारपछि निको हुनेको संख्या भने ३६५ पुगेको छ । १३ जनाको निधन भैसकेको छ ।