कपिलवस्तु । जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ। आज शनिबार कपिलवस्तुमा ४८ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार दिउँसो महाराजगन्ज नगरपालिकामा ३१ पुरुष र ६ महिला , यशोधरा गाउँपालिकामा १ पुरुष १ महिला, विजयनगर गाउँपालिकामा ५ पुरुष, बुद्धभूमि नगरपालिकामा ४ पुरुषमा संक्रमण देखिएको छ।
थप भएका संक्रमित ४ देखि ५५ वर्ष उमेर समूहका रहेका जिल्ला कोरोना भाइरस फोकल पर्सन कुमार थापाले बताए। देशको सबैभन्दा बढी संक्रमण भएको जिल्ला कपिलवस्तु बनेको छ।
यशोधरा गाउँपालिकामा १ सय ३७ जनामा, महाराजगन्जमा १ सय २ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका २९ जना, बुद्धभूमि नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा २१ जना कोरोना संक्रमित पुगेका छन्।