अर्का कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

अर्का कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

डोल्पा । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।  यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। 

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।