भारतबाट आएका एक युवकको भरतपुर अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै

भारतबाट आएका एक युवकको भरतपुर अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै

भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट ११ दिन अघि माडी आएका थिए । 

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ । रिपोर्ट आज साँझसम्म आउने अस्पताल स्रोतले बतायो ।