काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार १ सय ४७ पुगेको छ । संक्रमितको संख्या बढेर ६८ लाख ४४ हजार ८ सय ३८ पुगेको छ । संक्रमितमध्ये ३३ लाख ४९ हजार ६ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ६ सय १७ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ११ हजार ३ सय ९० जनाको मृत्यु भएको छ । ब्राजिलमा ३५ हजार ४७, स्पेनमा २७ हजार १ सय ३४, बेलायतमा ४० हजार २ सय ६१, इटलीमा ३३ हजार ७ सय ७४, फ्रान्समा २९ हजार १ सय ११ र मेक्सिकोमा १३ हजार १ सय ७० जनाको ज्यान गएको छ ।
नेपालमा भने संक्रमितको संख्या २ हजार ९ सय नाघेको छ भने ३ सय ३३ जना उपचारपछि निको भएका छन् । ११ जनाको भने ज्यान गैसकेको छ ।
यी हुन् महामारीको रुप लिएका शीर्ष १० देश