देशभरकाे माैसममा बदली, अधिकांश स्थानमा दिनभर वर्षा हुने

देशभरकाे माैसममा बदली, अधिकांश स्थानमा दिनभर वर्षा हुने

काठमाडौं । शनिबारविहानैैैै देशका धेरैजसो वर्षा भइरहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत मध्य तथा पूर्वी क्षेत्रमा पानी परिरहेको छ।

मौसमविद् मीनकुमार अर्यालयका अनुसार प्रदेश २ मा केही कम तथा प्रदेश १, बाग्मती र ४ नम्बर प्रदेशमा अहिले मध्यमसम्म वर्षा भइरहेको छ । यसबाहेक पश्चिमका प्रदेशहरूमा पनि अहिले मौसम बदली तथा केही ठाउँमा हल्का वर्षा भइरहेको छ।

‘यसको प्रभाव भोलि (आइतबार) बाट मात्रै केही कम हुने देखिएको छ,’ मौसमविद् अर्यालले शनिबार बिहान नेपालखबरसँग भने, ‘यसअघिको अम्पुन आँधीको भन्दा यस निसर्गको प्रभाव नेपालमा बढी पर्‍याे।’

खासगरी अरब सागरबाट विकसित निसर्ग चक्रवातबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा लगातार वर्षा भइरहेको मौसमविद् अर्यालले जानकारी दिए।

उनका अनुसार यो न्यून चापीय क्षेत्रमै परिणत भएकाले यसको प्रभाव नेपालमा प्रत्यक्षझैं परेको हो।

काठमाडौं उपत्यकाको मौसम दिउँसो २–३ बजेपछि केही बेर खुल्ने सम्भावना रहे पनि पुनः बदली हुने सम्भावना रहेको उनले जानकारी दिए।