भुटानमाथि नेपालको सानदार जित

काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि १४१ रनको फराकिलो जित हात पारेको छ । १३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २३७ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

उसका आरएम दोर्जीले सर्वाधिक २७ रन बनाएका थिए ।नेपालका पारस खड्काले २ विकेट लिँदा करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।